आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क उठाइने
गुगल संवाददाता
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- नागढुंगा सुरुङमार्गमा आजदेखि औपचारिक रूपमा सडक उपभोग दस्तुर संकलन सुरु गरिएको छ।
- सवारीसाधनको वर्गअनुसार हलुका गाडीका लागि ६५ देखि ६०० रुपैयाँसम्म टोल शुल्क निर्धारण गरिएको हो।
काठमाडौँ। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको जानकारी दिएको हो।
यसअघि सरकारले २०८२ चैत २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरेको थियो। सवारीसाधनको प्रकृति र क्षमताका आधारमा फरक–फरक दर कायम गरिएको छ।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनीबस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकले काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
यसैगरी, मल्टिएक्सल ट्रक तथा अन्य सवारीसाधन र भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तोकिएको छ।
नागढुंगा सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरिएको थियो। त्यसयता परीक्षणका रूपमा सवारीसाधन सञ्चालन हुँदै आएको यस सुरुङमार्गमा आजदेखि भने औपचारिक रूपमा टोल शुल्क संकलन सुरु हुन लागेको हो।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!