Google TV १८ कार्तिक २०८३, बुधवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

वर्षा र पहिरोका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध

गुगल संवाददाता गुगल संवाददाता १५ कार्तिक २०८३, आइतवार
वर्षा र पहिरोका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

काठमाडौँ। लगातारको वर्षासँगै खहरेखोलामा आएको बाढीले लेदोसहित ढुङ्गामाटो सडकमा थुप्रिनुका साथै विभिन्न स्थानमा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका सडकखण्ड अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार तीन जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको हो।

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढेपछि बागमती खोला करिडोरको सडकमा आवागमन रोकिएको छ।

यसैगरी, ललितपुरकै बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण सडकमा पहिरो तथा बाढीको जोखिम बढेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिएको छ।

लेखकको बारेमा

गुगल संवाददाता

गुगल संवाददाता

खबरदेखि मनोरञ्जनसम्म, सधैँ तपाईंसँग

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास हुँदै

बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास हुँदै

कमजोर बन्दै अर्नब चक्रवातको प्रभाव, मौसम क्रमिक रूपमा सुधार हुँदै जाने

कमजोर बन्दै अर्नब चक्रवातको प्रभाव, मौसम क्रमिक रूपमा सुधार हुँदै जाने

आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क उठाइने

आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क उठाइने

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्