बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास हुँदै
गुगल संवाददाता
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्काठमाडौँ। बंगालको खाडीमा पुनः नयाँ चक्रवात विकास भइरहेको भए पनि त्यसको नेपालमा तत्काल उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाका अनुसार हालसम्मको मौसम विश्लेषणले उक्त मौसमी प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय असर पर्ने संकेत देखाएको छैन।
यद्यपि, विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्ने जनाएको छ।
आज आइतबार बिहान जारी सूचनामार्फत विभागले सर्वसाधारण तथा सरोकारवालालाई पछिल्लो मौसमी सूचना र पूर्वानुमान नियमित रूपमा हेर्न आग्रह गरेको छ।
यसअघि अर्नब चक्रवातको प्रभाव हटेलगत्तै बंगालको खाडीमा अर्को चक्रवात विकास हुन लागेको हो। मौसम पूर्वानुमान महाशाखाले आज बिहान मात्रै अर्नब चक्रवातको प्रभाव पूर्ण रूपमा हटेको जानकारी दिएको थियो।
उक्त चक्रवातको प्रभावका कारण नेपालमा गत बिहीबारदेखि शनिबारसम्म वर्षा तथा हिमपात भएको थियो।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!