एनपीएल : आज काठमाडौं र कर्णाली भिड्दै, दोस्रो खेलमा सुदूरपश्चिम र चितवन आमनेसामने
गुगल संवाददाता
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्News Summary
- एनपीएलको आजको पहिलो खेलमा काठमाडौं गोर्खाज पहिलो जितको लागि र कर्णाली याक्स लगातार तेस्रो जितको खोजीमा मैदान उत्रिएका छन्।
- कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो साढे १२ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।
- त्यस्तै, साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुने दोस्रो खेलमा दुवै टोलीले जित निकाल्ने प्रयास गर्नेछन्।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ ।
आजको पहिलो खेलमा काठमाडौं गोर्खाज प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
यता, कर्णाली याक्स भने लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघिका दुवै खेलमा जित निकालेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!